निर्वाचन निष्पक्ष र भरपर्दो बनाउनु सरकारकाे दायित्व : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचन निष्पक्ष र भरपर्दो बनाउने ग्यारेन्टी सरकारले गर्नुपर्ने बताएका छन् ।

नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसको अवसरमा काठमाडौँको शोभा भगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले मुलुकमा निर्वाचनको माहौल सुरु भइसकेको भन्दै यसलाई निष्पक्ष र भरपर्दो बनाउने ग्यारेन्टी सरकारले गर्नुपर्ने बताएका हुन् ।

सिंहले आर्थिक रूपान्तरणका लागि र जनताको जीवन आरामदायी बनाउन कांग्रेस लाग्नुपर्ने सुझाव दिए । उनले संविधान कार्यान्वयन गर्ने बेला कम्युनिस्टले म्यान्डेट पाए पनि आवश्यक सङ्घीय कानुन बनाउन नसकेको जिकिर गरे ।

विशेष परिस्थितिमा कांग्रेस सरकारमा आएकोले कांग्रेस नेतृत्वको सरकारले अब नयाँ म्यान्डेट लिएर समस्या समाधान गर्ने उनको भनाई छ ।

नेता सिंहले स्व मङ्गलादेवी सिंहले सुरु गर्नु भएको अधिकार प्राप्तिको आन्दोलनको निरन्तरता स्वरूप अहिले सबै क्षेत्रमा महिला सुनिश्चितता भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =