रिलायन्स लाइफका २ अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट

२०७९ भदौ ९ गते

काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट भएका छन् । जसअनुसार नमिता न्यौपाने र बिना कुमारी न्यौपाने अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
मिलिनियम डलर राउण्ड टेबलमा छनौट हुनको लागि जीवन बिमा कम्पनीका अभिकर्ताहरुले एक निश्चित स्तरको प्रिमियम, कमिसनको लेबल वा वर्षको आम्दानीको सीमा क्रस गर्नुपर्ने हुन्छ ।
यस्तै कार्यक्रमको लागि छनौट हुन विशेष नियमहरु कडाइका साथ पालना गरी व्यवसायिक उत्कृष्टता प्रदान गरेको समेत हुनुपर्ने कम्पनीले जनाएको छ ।

२०७९ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित