एमाले पोलिटब्युरोले तय गर्‍याे केन्द्रीय बैठकका एजेन्डा

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेदवारको छनौटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्ने लगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै सङ्गठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्ने लगायतका एजेन्डा समेत तय भएको उनले बताए ।

बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुभएको थियो भने १५ जना पोलिट्व्युरो सदस्यहरूले प्रतिवेदनमाथि धारणा राखेको गुरुङले जानकारी दिए ।

गुरुङले पार्टीको नीति सिद्धान्त र कार्यक्रममा प्रतिबद्धता रहेको, कुनै पनि व्यक्तिले पार्टीको आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चितता तथा संविधानमा व्यवस्था भएको समानुपाती सहभागितालाई आधार बनाएर उम्मेदवारको मापदण्ड तय गरिने जानकारी दिए ।

मापदण्डलाई अन्तिम रूप केन्द्रीय कमिटीले दिने उनले बताए । एमालेको केन्द्रीय कमिटी बैठक शुक्रवार र शनिवार बस्ने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =