राष्ट्रपतिकाे भूमिका शंकास्पद छ : अध्यक्ष नेपाल
२०७९ भदौ ९ गते

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले रास्ट्रपतिको कदमले शंका उत्पन्न भएकाे बताएका छन्।
एकीकृत समाजवदी पार्टीको एक वर्ष पुगेको अबसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले रास्ट्रपतिको भूमिका शंकास्पद भएकाे बताएका हुन् । त्यस्तै उनले राष्ट्रपतिकाे भूमिकाबारे गठबन्धनमा पनि कुरा उठेको बताए ।
उनले भने, ‘उनले रास्ट्रपतिले पटकपटक विवादमा आउने काम गर्नु भएको छ । यहीँबाट उहाँको गैर जिम्मेवारीपन देखिइहाल्छ ।’
उनले राष्ट्रपतिबाट पटकपटक यस्तो कदम चालिँदा जनतामा समेत गलत सन्देश गएको तर्क गरे ।
२०७९ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








