दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक १८.३० अंकल घटेर २०३९.५४ बिन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स समेत यस दिन ३.७८ अंकले ओरालो लागेर ३९४.५१ बिन्दुमा आइपुगेको छ ।

यस दिन १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७ सय ४१ रुपैयाँमा ४२ लाख ३४ हजार १ सय १७ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन कुल जम्मा १५ ओटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १६८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ ओटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

यस दिन १३ वटै समूहगत सूचक ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *