नेकपा एसकाे एक वर्ष : इमानदार र निष्ठावान हुन कार्यकर्तालाई अध्यक्षकाे आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा अध्यक्ष माधव नेपालले इतिहासको बारेमा युवा पुस्ताले जानकारी राख्नुपर्ने बताएका छन् ।

एकीकृत समाजवादी पार्टीको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले इतिहास नबुझी वर्तमानमा अगाडि बढ्न नसकिने बताएका हुन् ।

उनले भने, ‘विगतबाट नै वर्तमान र भविष्यको कल्पना गर्ने सकिन्छ । त्यो कारण यसको लेखाजोखा गर्नु राम्रो हुन्छ । अब राम्रा कुरालाई जोगाएर अगाडि बढ्नु आजको आवश्यकता हो ।’

त्यस्तै, उनले कार्यकर्ताहरूलाई इमानदार र निष्ठावान् भएर गुटबन्दी र अवसरवादबाट टाढा रहनसमेत आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =