सत्ता गठबन्धनले १६५ वटै क्षेत्रकाे अवस्थाबारे प्रतिवेदन बुझाउन कार्यदललाई दियाे निर्देशन

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल लागि सबै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन मातहतको कार्यदललाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले १६५ निर्वाचन क्षेत्रको अवस्थामा बारेमा प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिइएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
अब कार्यदल बसेर सबै निर्वाचन क्षेत्रको अवस्थामा बारेमा भएको छलफलको प्रतिवेदन तयार गरी शीर्ष तहमा बुझाइने उनले बताए । कार्यदलले सिट बाँडफाँटमा दलहरूले गरेको दाबी समेत शीर्ष तहलाई बुझाइने तयारी गरेको छ । कार्कीले छिटै सिट बाँडफाँट विषय टुङ्गोमा पुग्ने दाबी गरे ।
यसअघि सिट बाँडफाँट विषयमा कार्यदलमा सहमति जुटाउन नसकेपछि शीर्ष तहमा नै छलफल भएको थियो । तर शीर्ष तहमा पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि पुन कार्यदललाई नै प्रतिवेदन तयार गर्न निर्देशन दिइएको नेताहरूले जनाएका छन् ।








