अनधिकृत संरचना हटाउन अटेर गर्ने अल्फाबिटाका सञ्चालकमाथि बालेनकाे राैद्र रूप
२०७९ भदौ ९ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अल्फाबिटा कम्प्लेक्सका सञ्चालकसँग राैद्र रूप धारण गरेका छन् ।
अनधिकृत संरचना हटाउन बिहीबार नयाँ बानेश्वर पुगेका बालेन कम्प्लेक्सका सञ्चालकसँग रिसाएका हुन् ।
अन्डरग्राउन्डको नक्सापास खोज्दा कम्प्लेक्सका सञ्चालक द्विराज शर्माले अटेर गरेपछि बालेन आक्रोशित भएका थिए । बालेनले ‘तपाईंको घरको नक्सा म सँग हुन्छ?’ भनेर प्रश्न गर्दा चर्काचर्की सुरु भएको थियाे ।
घरधनीले अन्डरग्राउन्ड खाली गराउनेसम्बन्धी महानगरको सूचना थाहा नपाएको बताएपछि बालेन शर्मामाथि खनिएका थिए ।
२०७९ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








