एमाले पोलिटब्युरो बैठक जारी, राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै
२०७९ भदौ ९ गते

काठमाडौँ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आगामी निर्वाचनको रणनीति र पार्टीको आन्तरिक विषयमा छलफल भइरहेको एमालेले जनाएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।
एमालेले भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ ।
निर्वाचनको तयारीमा जुटेको एमालेले यसअघि नै अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र घोषणापत्र मस्यौदा समिति पनि गठन गरिसकेको छ ।
२०७९ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








