नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । सीईओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समीक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए

कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाख सहित विशेष सम्मान गरिएको थियो । यस्तै नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान पनि गरिएको छ ।

कोभिड १९ का कारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सवैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो ।

यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो । उक्त समान्नितहरु मध्ये प्रत्येक वर्ष पहिलो दोस्रो तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई नगद सहित सम्मान गरिएको थियो । प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतिय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियोे ।

कार्यक्रमको उद्घाटन सत्र लगत्तै बैंकर तथा मोटिभेसनल स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पूर्णमा मोटिभेसन प्रदान गरेका थिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ–आफ्नो काम प्रति उत्साहित बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *