थप ४ सय ८७ जनामा कोरोना संक्रमण, १ जनाकाे मृत्यु

काठमाडौँ । नेपालमा थप ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ६ पिसिआर परीक्षणका क्रममा २ सय ४२ जना र २ हजार ३ सय ७१ एन्टीजेन परीक्षणका क्रममा २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६४ जना संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ हजार २ सय ९८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =