माओवादी पदाधिकारी समावेशी हुन सकेन : देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने दाबी गरेका छन् ।

रिपोटर्स क्लब नेपालले बुधवार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले अहिले पनि सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेताहरूबिच छलफल चलिरहेको जानकारी दिए ।

गुरुङले मुलुकको राष्ट्रिय राजनीतिमा देखा परेको संकटलाई सबै दलबिचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिए । महासचिव गुरुङले एमाले पनि विगतका गल्ती कमजोरी पुनर्विचार गर्न तयार भयो भने वाम घटकहरू सहकार्य गरेर जान सकिने तर वाम घटकमा सङ्कीर्णता भने देखिएको बताए ।

फरक प्रसङ्गमा उनले पार्टीका पदाधिकारी समावेशी नभएको बताए । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता गरेको भए पनि पदाधिकारीको सवालमा त्यसो हुन नसकेको उनले बताए ।

गुरुङले आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेदवार उठाउने सवालमा मापदण्ड तय गरिने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + one =