सेयर बजारमा झिनो वृद्धि, जम्मा डेढ अर्बको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा झिनो वृद्धि देखिएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक २.८७ अंकले बढेर २०५७.८५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स समेत यस दिन ०.६० अंकले बढेर ३९८.२९ विन्दुमा पुगेको छ ।

यस दिन कुल १ अर्ब ५२ करोड ६१ लख ८६ हजार २ सय १७ रुपैयाँमा ३६ लाख ७८ हजार ५ सय ७ कित्ता सेयर कारोबार भएको छ । यस दिन १ सय १ कम्पनीको सेयर मूल्य बढेको छ । ७३ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन मन्दाकिनी हाइड्रो, अप्पर हेवाखोला, रुरु, अरुण कावेली, सिन्धु विकास बैंकलगायत कम्पनीको सेयर मूल्य बढेको सबैभन्दा बढीले बढेको छ ।

यस दिन ट्रेडिङ, फाइनान्स, निर्जीवन, म्यानुफ्याक्चरिङ, म्युचुल फण्ड र अन्य समूहको समूहगत सूचक ओरालो लागेका छन् । बाँकी ७ ओटा समूहगत सूचक उकालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *