अमेरिका लगायत ४ देशका राजदूतले भेटे ओलीलाई

काठमाडाैँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिका लगायत ४ देशका राजदूतहरूले भेटवार्ता गरेका छन् ।

भेट गर्ने राजदूतहरूमा अमेरिका, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका रहेका छन् । उनीहरूले बुधवार दिँउसो एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा भेटवार्ता गरेका हुन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद भइरहेको बेला चार देशका राजदूतले प्रमुख प्रतिपक्षी नेतालाई भेटेकाे विषयलाई अर्थपूर्ण तरिकाले हेरिएकाे छ ।

अमेरिकासहित पश्चिमा मुलुक नेपालको शान्ति प्रक्रिया टुंग्याउने नाममा आममाफी दिन नहुने पक्षमा देखिएका छन् । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि अमेरिका, बेलाया, अस्ट्रेलिया, स्वीस तथा युरोपली युनियनका राजदूतहरुसँग भेट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =