काठमाडाैँ मलपछि आरबी कम्प्लेक्समा पनि चल्याे बालेनकाे डाेजर
२०७९ भदौ ८ गते

काठमाडौँ । काठमाडौँ न्युरोडमा रहेको आरबी कम्प्लेक्समा काठमाडौँ महानगरले डोजर चलाएको छ ।
अन्डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजनमा लगाइएको आरबी कम्प्लेक्सको अवैध संरचना महानगरले भत्काएको हो ।
यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान चलाएका हुन् ।
यसअघि आजै महानगरले काठमाडौँ मलमा पनि डोजर चलाएकाे थियाे ।
सूचना निकाल्दा पनि अटेर गरेपछि नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालिएको महानगरपालिकाले जनाएको छ ।
२०७९ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








