सरिता गिरिले भनिन्- ‘प्रदीप गिरिको अन्तिम इच्छाअनुसार सद्‍भावना पार्टी छाडेँ’

काठमाडाैँ । सरिता गिरीले नेपाल सद्‍भावना पार्टी परित्याग गरेकी छन् । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिकाे अन्तिम इच्छाअनुसार आफूले याे निर्णय गरेकाे उनले बताएकी छन् । ‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडि बढाउनका लागि वहाँको अन्तिम इच्छाअनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ सरिता गिरीले आफ्नाे आधिकारिक फेसबूकमार्फत भनेकी छन् ।

उनले नेपाल सद्‍भावना पार्टीलाई सदैव आफ्नाे सद्‍भावना भने रहने बताएकी छन् । २०७४ सालदेखि सिराहा लहानमा बसेर काम गर्दै आएको दाबी गर्दै उनले त्यहीँका जनताबीच कर्मभूमि रहेको बताएकी छिन् । तर उनले आफूले प्रदीप गिरिको विरासत वा उत्तराधिकारीको दाबी नगरेको प्रष्ट्याएकी छिन् । ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उतराधिकारको राजनीतिमा विश्वास गर्दिनँ । न त प्रदीप दाइ गर्नुहुन्थ्यो । कर्मको राजनीति मेरो साध्य र साधन दुवै हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =