देउवा-ओलीबीच भेटवार्ता !

काठमाडाैँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच बुधबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे ।

प्रधानमन्त्री देउवाकाे निम्ताेमा ओली बालुवाटार पुगेकाे ओलीकाे सचिवालयले जनाएकाे छ । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटमा सकस परिरहेकाे बेला ओलीलाई भेटेर प्रधानमन्त्री देउवाले केही सन्देश दिन चाहेकाे आकलन शुरू भएकाे छ ।

उनीहरूबीचकाे भेटमा समसामयिक राजनीतिक विषयसँगै आसन्न निर्वाचन तथा संक्रमणकालीन न्यायकाे बारेमा छलफल भएकाे बताइएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =