सनसिल्क स्याम्पुका तीन नयाँ प्याक सार्वजनिक

काठमाडाैँ । सनसिल्क नेपालले गत वर्ष दसैंको अवसरमा एक डिजिटल प्रतियोगिता ‘सनसिल्क दसैं भाइब्स’ सुरू गरेको थियो। कम्पनीले उक्त प्रतियोगितालाई आफ्नो कपाल प्रदर्शन गरी आफ्नो क्षितिज फैलाउने अवसरका रूपमा युवतीहरूमाझ प्रस्तुत गरेको थियो ।

कम्पनीका अनुसार ‘सनसिल्क ग्याङ अफ गर्ल्स’ अभियानको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने मौका दिएको थियो।

उक्त प्रतियोगितामा आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले जित हासिल पारेका थिए। सनसिल्कका ब्रान्ड एम्बेसडरद्वय प्रिन्सी र प्रिज्मा खतिवडा पनि यसमा जोडिएका थिए।

प्रतियोगिताका विजेताहरूले यस वर्ष ‘सीमित विशेष दसैं प्याक’ को सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने अवसर पनि पाएका छन्। कम्पनीका अनुसार यी प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिँदैछ।

हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट गरी तीन नयाँ प्याक सार्वजनिक गरेकाे हाे ।

‘लाखौँ घरमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यीमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेस गरिएको हो।’

कार्यक्रममा युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले लाखौंं उपभोक्ताले सनसिल्क रूचाएको बताउँदै भने, ‘गत वर्ष दसैंमा भएको प्रतियोगिताका विजेताहरूलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त खुसी छौं। प्रतियोगिता आफैंमा एक अभूतपूर्व सफल अभियान थियो।’

यस वर्षको दसैं नजिकिँदै गएको सन्दर्भमा सनसिल्कले फेरि पनि सनसिल्क दसैं भाइब्स सुरू गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =