पार्टीभित्रका पुराना समस्यामा नफसाैँ, निर्वाचनका लागि एकजुट बनाैँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्रको पुराना समस्यामा नफस्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमालेभित्र पनि आत्मकेन्द्रित हुने पुरानो प्रवृत्ति रहेको भन्दै यसमा नफस्न आग्रह गरेका हुन् ।

निर्वाचनका लागि नेतृत्वमा बसेकाहरूले सबै ठाउँ पुगेर सबैलाई समेट्नुपर्ने उनले बताए । उनले उम्मेदवारी नपाएर असन्तुष्टि हुने कामले निकै घाटा हुने गरेको भन्दै एकजुट भए सहज रूपमा जित्न सकिने जिकिर गरे ।

त्यस्तै अध्यक्ष ओलीले यसअघि आफूले अघि सारेको नागरिकता सम्बन्धी कानुनलाई प्रचण्डले रोकेर अहिले भने छलफल नै नगरी अघि बढाएको बताए । उनले सरकारले ल्याएको नागरिकता सम्बन्धी कानुनमा रहेका कतिपय विषयहरूप्रति आपत्ति जनाए । नागरिकताको समस्या सही ढंगले समाधान गर्ने पार्टी एमाले बाहेक अरू कोही नरहेको उनको भनाई छ ।

अध्यक्ष ओलीले यसअघिको एमाले सरकारले निकै राम्रा काम गरेको र वर्तमान सरकारले निरन्तरता दिन नसकेको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =