रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरसहित)

काठमाडाैँ । थरूहट थारूवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले टिकापुर विद्रोहको ७ औं दिवसको पूरा भएको अवसरमा मंगलवार माइतीघर मण्डलामा कार्यक्रम गरेको छ ।

थरूहट थारूवान राष्ट्रिय मोर्चाको कार्यवाहक संयोजक श्रवण थारूको संयोजनमा भएको कार्यक्रममा ‘देवीराम शर्मा छानबिन आयोग’को प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टिकापुर घटनाका बन्दीहरूलाई रिहा गर्नुपर्नेजस्ता मागहरू अघि सारिएका छन् ।

उनीहरूले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी लगायत सम्पूर्ण थरूहट आन्दोलनका बन्दीहरुको समेत स-सम्मान रिहाईको मागसमेत गरेका छन् ।

संविधान निर्माण चलिरहेका बेला थरूहट र अखण्ड सुदूरपश्चिमको नाममा चर्किएको आन्दोलनले हिंस्रक माेड लिँदा २०७२ भदौ ७ गते टीकापुरमा ठूलाे जनधनकाे क्षति भएकाे थियाे ।

तस्वीरः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =