थप ६ सय ३४ जनामा कोरोना संक्रमण, १ काे मृत्यु
२०७९ भदौ ७ गते

काठमाडौँ । नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परीक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परीक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १७ जना निको भएका छन् ।
हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित








