सुनको मूल्य तीन सयले घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९५ हजार ३ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य यस दिन प्रतितोला रु ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ६० तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *