एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

काठमाठौँ । फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चिालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।

एभरेष्ट बैंकका ग्राहकलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिङ्क गरी, उक्त कार्डबाट विभिन्न सेवा जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानीलगायतका सेवा प्रयोग गर्न सक्नेछन् । यसैगरी बैंकका ग्राहकले मोको मार्फत स्क्यान टू पे माध्यमबाट १ हजार ५ सयभन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् ।

मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

स्थापना कालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहक छन् देशैभरि छरिएर रहेका आफ्ना ११८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेतसेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *