टिआरसी विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत

काठमाडौँ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’विरुद्ध प्रतिनिधिसभामा परेको विरोधको सूचना अस्वीकृत भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विधेयकलाई प्रस्तुत गर्न माग्ने प्रस्तावमाथि नै विरोधको सूचना दिएका थिए । उक्त विरोधको सूचनालाई सभामुख अग्निप्रसाद सापकोटाले निर्माणार्थ पेश गर्दा प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरिदिएको हो ।

विरोधको सूचना अस्वीकृत भएपछि विधेयक प्रतिनिधिसभामा पेश भएको छ । यो विधेयक ३१ असार २०७९ मा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले दर्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =