महेन्द्रनगर कञ्चनपुरमा डिशहोम फाइवरनेटको सह–वितरण सोरुम

काठमाडाैँ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले महेन्द्रनगर कञ्चनपुरमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।

शोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट रिजनलसेल्स म्यानेजर जे बि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको न्यू केदार इन्टरप्राइजले अब डिशहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शाेरुममार्फत दिनेछ ।

साउन २६ गतेदेखि डिशहोम फाइवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको छ ।

१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको न्यू केदार इन्टरप्राइजले अब अझ बढी ग्राहकको माझ पुग्न पनि यस नया सोरुमले मद्दत गर्ने न्यू केदार इन्टरप्राइजका सञ्चालक गोकुल देव जोशीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *