इन्भेष्टमेन्ट बैंकको सहयोगमा पशुपतिमा निर्मित संग्रहालय र महास्नान घरको उद्घाटन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकको लगानी सहयोगमा उक्त संग्राहालय र महास्नानघर निर्माण गरिएको हो ।

संग्रहालयमा धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरु, ढुंगाका मूर्तिहरु (प्रस्तरकला), संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला रहेका छन् । त्यस्तै, लिच्छबिकालिन मानदेवको शीलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचीन मुद्राहरु, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्री रहेका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नान घर भवनलाई पुनर्निर्माण गर्न सहयोग गरेको छ ।

पवित्र ‘पाशुपत क्षेत्र’ मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीलाई एकै स्थानमा संकलन, अभिलेखिकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गर्न बैंकले सहयोग गर्दै आएको थियो ।

पुनःनिर्माणपछि नेपाल इन्भेष्टमेण्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मीत पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ । बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा रु ५ करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोड रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै कला, संस्कृति, एवम् खेलकूदको संरक्षण तथा प्रवर्द्धनका लागि सँधै सहकार्य गर्दैआएको बैंकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति रहेको उक्त रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *