थप ६ सय ५८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौँ । नेपालमा थप ६ सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ३ सय ८१ पिसिआर परीक्षणका क्रममा ४ सय ५ र ३ हजार २ सय ६२ एन्टीजेन परीक्षणका क्रममा २ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ५६ सङ्क्रमित निको भएका छन् ।

हाल नेपालमा ४ हजार २ सय ९६ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =