टी–ट्वान्टी र वान डे सिरिज खेल्न नेपाली टाेली केन्यातर्फ

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

सोमबार काठमाडौँमा क्यान अध्यक्ष चतुर बहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय र ३ खेलको एक दिवसीय सिरिज खेल्ने छ ।

५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ भने ३ खेलको एक दिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । नेपाल र केन्याबिच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एक दिवसीय सिरिज हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रूपमा नेपाली टिम सम्हाल्नेछन् ।

बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले टिममा यसअघि देखिएको कमी कमजोरीलाई सुधारेर लैजाने बताए । उनले प्रतियोगीताका लागी राम्रो तयारी भएको र नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे ।

त्यस्तै क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टिम नयाँ ऊर्जाका साथ अघि बढेको र उत्साहित रहेको बताए । उनले यो सिरिजमा राम्रो अपेक्षा गरेको बताए ।

त्यस्तै क्यान अध्यक्ष चन्दले नेपाली टोलीलाई थप अनुभव हासिल गर्न केन्या भ्रमण महत्त्वपूर्ण हुने बताए । सिरिजका लागि नेपालले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *