प्रभु क्यापिटलका हितग्राहीलाई ट्रान्क्वालिटी स्पामा ३० प्रतिशतसम्म छुट

काठमाडौँ । प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्वालिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशतसम्म छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटल्स डिजिटल एप डाउनलोड गरी सोमा रजिष्ट्रर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्छ ।

यस्तो छुट दिन प्रभु क्यापिटल तथा ट्रान्क्वालिटी स्पाबीच समझौता भएको छ । सम्झौता अनुसार हितग्राहीले चेक आउट/बिल पेइमेन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्ने छ । ट्रान्क्वालिटी स्पाको रजिष्ट्रार कार्यालय काठमाडौँको लाजिम्पाटमा रहेको छ ।

असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहक नेपालभरिका शाखाबाट प्राप्त गर्न सक्नेछन् ।

यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ ।

नेपाली पूँजी बजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरेकाे जनाएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *