एनआईसी एशिया बैंकले ल्यायो ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’

काठमाडौँ । एनआईसी एशिया बैंकले बचतको १० गुणासम्म प्रतिफल पाउने गरी ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त मुद्दति निक्षेपमा १० गुणासम्म प्रतिफल दिने जनाएको छ । जस्तो उक्त मुद्धती खातामा अहिले १ लाख रुपैयाँ बचत गर्ने हो भने अबको १९ वर्ष १ महिना १७ दिनपछि १० लाख र अहिले अहिले १० लाख रुपैयाँ डिपोजिट गरियो भने १ करोड रुपैयाँ फिर्ता पाइने छ ।

यो खातामा ८४ लाख रुपैयाँसम्मको बीमा सम्बन्धी ३ सर्वश्रेष्ठ फाइदा समेत पाइने बैंकले जनाएको छ । त्यस्तै, उक्त खातामा ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सेवा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जा सुविधा समेत पाइने बैंकले जनाएको छ ।

सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना (व्यक्तिगत), सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना (व्यक्तिगत), सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना (रेमिट्यान्स) र सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना (संस्थागत) गरी ३ वर्गको योजना सञ्चालनमा ल्याएको छ । यी योजनाबारे विस्तृत जानकारीका लागि बैंकको वेवसाइटमा हेर्न वा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

साथै बैंकले ल्याएको यो ‘१ को १० अफर’ लाई क्रियटिभ तरिकाले बुझाउन सक्ने उत्कृष्ट भिडियो बनाउनेलाई पुरस्कृतसमेत गर्ने योजना बैंकले ल्याएको छ । एकजना क्रियटिभ भिडियो बनाउने विजेताले ५० हजार रुपैयाँसम्म जित्न सक्ने बैंकले जनाएको छ । यसका लागि क्रियटिभ भिडियो निर्माण गरी ह्यासट्याग (#EKKODUS) राखेर अपलोड गर्नुपर्ने समेत बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *