बागलुङमा श्रीमतीले गरिन् श्रीमान्काे हत्या, टाउको छिनाएर खोलामा शव
२०७९ भदौ ५ गते

पोखरा । बागलुङको निसिखोलामा साउन २५ गते एक पुरुषको शव टाउको काटिएको अवस्थामा फेला पर्याे । स्थानीय तुलबहादुर विकको हत्यापछि प्रहरीले अनुसन्धान थाल्यो । झण्डै २ हप्ताको अनुसन्धानपछि तुलबहादुरकै श्रीमतीले उनको हत्या गरेको पुष्टि भएको छ ।
उनकी श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको घन र चिर्पटले हानी हत्या गरेको र टाउको काटेर निसीखोलामा शव फालेको स्वीकार गरेकी बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए ।
परस्त्रीसँग अनैतिक सम्बन्ध रहेको र रक्सी पिएर आफूलाई कुटपिट गरेकोले श्रीमानको हत्या गरेको उनले बताएकी छन् । श्रीमानको व्यवहारबाट आजित भएर हत्या गरी खुकुरीले टाउको काटेर फालिदिएको प्रहरीसमक्ष उनले बयान दिएकी हुन् ।
उनीहरूका २ वर्षीया छोरी छन् । प्रहरीले कुमारी र उनकी बहिनी मनीषा विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२०७९ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








