विद्यार्थीको रोजाइमा पर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ । पछिल्लो समय विद्यार्थीहरूको रोजाइमा काठमाडौँ विश्वविद्यालय पर्दै गएको छ । ३१ वर्ष अगाडि सन् १९९१ मा स्थापना भएको विश्वविद्यालयमा विद्यार्थीहरूको रोजाइमा पर्दै गएको हो ।

काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ अन्तर्गत स्थापना भएको विश्वविद्यालयले विभिन्न संकायमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

विश्वविद्यालयका प्रवक्ता डाक्टर उद्धव प्याकुरेलले विद्यालयले स्कुल अफ साइन्सबाट इन्टरमिडियट अफ साइन्सको एक शैक्षिक कार्यक्रमबाट शुरु गरेर हाल सात वटा संकायमा दुई सय बढी विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

प्रवक्ता डा. प्याकुरेलका अनुसार उक्त सातवटा विद्यालयहरूमा स्कुल अफ साइन्स, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिकल साइन्सेज, स्कुल अफ एजुकेसन, स्कुल अफ आर्ट्स र स्कुल अफ ल अन्तर्गत विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, स्वास्थ्य, शिक्षा, कला र कानुन गरी दुई सय बढी विषयमा विद्यार्थीहरूले शिक्षा प्रदान गरिरहेका छन् ।

मागअनुसार नयाँ कार्यक्रम थप

यस्तै, विश्वविद्यालयले बजारको माग अनुरूपको प्राविधिक तथा पेसागतका कार्यक्रमहरू सञ्चालन गरेको छ । जस अनुसार क्रममा स्नातक कृषि विज्ञान, कृत्रिम इन्जिनियरिङमा स्नातक र मास्टर, सहरी अध्ययनमा मास्टर, मिडिया अध्ययनमा मास्टर, ललितकलामा मास्टर, प्राविधिकमा शिक्षा स्नातक लगायतका नयाँ कार्यक्रम थपेर विद्यार्थीका माग पूरा गरेको विश्वविद्यालयले जनाएको छ ।

३८ हजार बढी विद्यार्थीलाई दीक्षित

विश्वविद्यालयले २७ वटा दीक्षान्त कार्यक्रममार्फत हालसम्म ३८ हजार तीन सय ३९ विद्यार्थीहरूलाई दीक्षित गरिसकेको छ । दीक्षित मध्ये झण्डै १३ प्रतिशत विद्यार्थी विदेशी रहेको विद्यालयका प्रवक्ता प्याकुरेलले जानकारी दिए । हालसम्म दक्षिण एसियाका देशहरू बाहेक अमेरिका, क्यानडा, बेलायत, जर्मनी, नर्वे, रसियासहित ५१ देशका विद्यार्थी दीक्षित भएका छन् ।

विदेशी विद्यार्थी मध्ये नेपालभन्दा धेरै टाढा रहेका जाम्बिया, दक्षिण अफ्रिकाका जस्ता देशबाट पनि दर्जन बढी विद्यार्थीले काठमाडौँ विश्वविद्यालयबाट नै आफ्नो उच्च शिक्षाको गन्तव्य छानेका विद्यालयले दाबी गरेको छ ।

यस्तै, नेपालले चाहँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक गन्तव्य रहने देखिएको र त्यसका लागि विश्वविद्यालयले थप पहल सुरु गरेको काठमाडौँ विश्वविद्यालयका अधिकारीहरूको भनाई रहेको छ ।

विद्यालयका प्रवक्ता प्याकुरेलले विश्वका विभिन्न पुराना र अब्बल विश्वविद्यालयको सहकार्यमा रहेर सुरुवाती दिनदेखि नै आफ्ना कार्यक्रममा नयाँ आयाम दिँदै आएको बताए । उनले भने, ‘काठमाडौँ विश्वविद्यालयले आफ्नो उचाइ लिन सफल भएको छ । त्यसले विश्वका ३३ देशका दुई सय ३५ शैक्षिक संस्थाले सहकार्यका लागिसमेत हात बढाएका छन् ।’

केही समय अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका अवसरमा केयुले दुई प्रधानमन्त्रीको रोहवरमा मद्रासस्थित आइआइटीसँग ऊर्जा साइन्स विषयमा एमइ कार्यक्रम सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका विद्यालयले जनाएको छ ।

त्यसको लगत्तै हैदरावादस्थित दुई शैक्षिक संस्थान भारतीय प्रागौद्याेगिक संस्थान (आइआइटी) र अन्तर्राष्ट्रिय सूचना प्रौद्योगिकी संस्थान (आइआईआइटी)सँग मेडिकल टेक्नोलोजी विषयमा संयुक्त रूपमा अध्यापन र अनुसन्धान लगायत अन्य सहकार्यको ढोका खोलेको काठमाडौँ विश्वविद्यालयको भनाई रहेको छ ।

विद्यार्थीहरूलाई अनुसन्धानमा सहभागी गराई सिकाउने विद्यालयको विधि

यस्तै, विश्वविद्यालयले विद्यार्थीहरूलाई कक्षागत शिक्षण मात्रै नभएर फिल्डमा गएर अनुसन्धानमा सहभागी गराई सिकाउने विधि बनाएको छ । त्यसकालागि नेपाल तथा विदेशका अनुसन्धानकर्ताहरूसँग विद्यालयले हातेमालो गर्दै आएको छ ।

समाज विज्ञानमा चासो राख्ने आफ्ना विद्यार्थीहरूलाई अवसर दिन र विश्वविद्यालय नै समाज विज्ञानका विविध आयाममा अब्बल बनाउने प्रयास स्वरूप देशको बदलिँदो अवस्थाबारे जनताको धारणा बुझ्नको लागि महत्त्वपूर्ण र स्थापितजन मत सर्वेक्षणहरू पनि गर्दै आएको प्रवक्ता प्याकुरेले जानकारी दिए ।

उनकाअनुसार सर्वेक्षणहरूले जनताको अवस्था, विचार र प्राथमिकताको बारेमा सरकारलाई राम्रोसँग बुझाउन, र त्यसअनुसार आफ्नो बाटो बदल्नको साथै शासन तथा सेवा प्रवाहमा सुधार गर्न समेत मद्दत गर्ने मान्यता विद्यालयले लिएको छ ।

साथै नेपालको सन्दर्भमा व्यक्तिगत सुरक्षा, विवाद समाधान, सुशासन, पहिचानको राजनीति, आर्थिक परिदृश्य र देशको समग्र दिशा वरपरका सरोकारबारे सार्वजनिक धारणा बुझ्न काठमाडौँ विश्वविद्यालयको नेतृत्वमा र इन्टरडिस्प्लिनरी एनालिस्टस् (आईडीए) तथा दिदी एसिया फाउन्डेसन (दि फाउन्डेसन)को सहकार्यमा ९३ जना सर्वेक्षक मार्फत यस वर्षको जनमत सर्वेक्षण विश्वविद्यालयले गरिएको विद्यालयका प्रवक्ता डा. प्याकुरेलको भनाई रहेको छ ।

यस्तै, बहुचरणको नमुना विधि र प्रतिनिधिमूलक नमुनामा आधारित भई राष्ट्रिय स्तरमा देशका सातै ओटा प्रदेशका मनाङ्घ बाहेकका ७६ जिल्लाका पाँच सय ८८ वडाका सात हजार ६० जना नेपाली जनता माझ पुगेर यो काम सम्पन्न हुने विद्यालयले जनाएको छ ।

यस्तै प्रकारको सर्वेक्षण फेब्रुअरी–मार्च, २०२० मा सम्पन्न भएको थियो भने नोभेल कोरोना भाइरस (कोभिड—१९) को वेभले गर्दा यसलाई नियमितता दिन सकिएको थिएन ।

यसै सर्वेक्षणको अनुगमनमा आएको अवसर पारेर काठमाडौँ विश्वविद्यालयका प्रवक्ता डा. उद्धव प्याकुरेल र प्रा.डा. धिरज गिरिसँग छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *