महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न

काडमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ ।

सूचना प्रविधिको विकाससँगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो । करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरुले सहभागिता जनाएका थिए ।

तालिमको समापन अवसरमा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाइ मुलुकको आर्थिक कृयाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताउनुभयो । चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आइरहेको भन्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

सूचना प्रबिधिमा महिला नामक संस्थाकी अध्यक्ष गुण केशरी प्रधानले महिलाहरुको सशक्तीकरणका लागि नेपाल महिला चेम्वरसँग सहकार्य गर्न गरिएको बताए ।

महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यस अघि फोटोग्राफी, मैनवत्ती बनाउने तथा बेकरी तालीम आयोजना गरिसकेको छ ।

नेपाल महिला चेम्वरकी महासचिव लीमा अधिकारीले आर्थिक रुपमा सम्पन्न नभएसम्म महिलाहरुको अधिकार सुनिश्चित नहुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *