सिद्धार्थ बैंकका ग्राहकलाई विराटचोकको नेपालीरिका होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकले विराटनगरको विराटचोकस्थित नेपालीरिका होटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंक र होटलबीच आइतबार यससम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा सिद्धार्थ बैंकका विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपालीरिका होटलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्गमार्फत सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने छन् ।

यस सम्झौता अनुसार ग्राहकले छुट पाउनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा रुपान्तरण गर्न समेत भूमिका निर्वाह हुने जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *