आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर

काठमाडौँ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था मिलाइएको छ ।

प्रयोगकर्तालाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ ।

यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुटसम्बन्धी अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि छ । दराज नेपाल र आइएमई पेबीच फागुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

नेपाल लगायत ४ विभिन्न दक्षिण एशियायी मुलुकस्थित दराज एक सर्वप्रिय अनलाइन बजार हो । दराजले सदैव ग्राहकलाई सर्वोत्तम शपिङ एक्स्पिरियन्स प्रदान गर्ने प्रयास गरेको छ । केवल एक एप मै ग्राहकहरुले बच्चा देखि बुढा–बुढी सम्मलाई हुने घरायसी समान देखि लिएर लुगा–फाटा, मोबाइल फोन, ल्यापटप, मेक–अपको समानसम्म सबै किनमेल गर्न सक्छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *