सेयर बजार ७ अंकले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले घटेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक ७.७२ अंकले घटेको हो । यस दिन २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर कारोबार भएको हो ।

यस दिन १३२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ४७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन बैंकिङ, नन लाइफ र उत्पादनबाहेक अरु सबै समूहको समूहगत सूचक ओरालो लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *