अचेल फोन गर्दा किन बज्छ फरक टोन ? यस्तो छ कारण

काठमाडौँ । आजकाल नेपाल टेलिकम वा एनसेलको नेटवर्कमा फोन गर्दा सुरुमा केही समय फरक टोन बज्न थालेको छ ।

यसअघि फोनगर्दा यस्तो टोन नबजीकनै ‘टु, टु, टु’ टोन बज्ने गर्थ्याे । तर, अहिले ‘टु, टु, टु’ बज्नुअघि नै ‘टुडुडुडु’ बज्ने गर्छ । अचानक यस्तो टोन बज्न थालेपछि सबैआश्चर्यमा परेका छौँ । तर, किन यस्तो टोन बज्यो भन्ने जान्न सकिएको छैन ।

नेपाल टेलिकमका अनुसार हामीले फोन सम्पर्क गर्न खोजेको व्यक्तिलाई फोनमा सम्पर्क स्थापित हुनुअघिको समयमा त्यस्तो ‘टुडुडुडु’ आवाज बजेको हो । यसलाई टेलिकमले ‘कल सेटअप टाइम’मा बज्ने टोन भनेको छ । कल सेटअप अर्थात् सम्पर्क स्थापित भइसकेपछि भने पहिलाकै जस्तो नियमिट टोन बज्ने गरेको छ ।

खास गरी टेलिफोन सेवा प्रदाक कम्पनीहरुको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवा प्रदायक कम्पनीहरुको सेवाको गुणस्तर परीक्षणका लागि पनि यस्तो टोन बनाउन पर्ने ब्यवस्था गरेको छ । यसले सेवा प्रदायकहरुले कुनै पनि नेटवर्क भित्र फोन सम्पर्क स्थापित हुन कति समय लाग्दछ भनेर जानकारी दिन्छ । प्राधिकरणले ५ सेकेन्ड वा त्यो भन्दा कम सयमा कल सेटअप हुनुपर्ने व्यवस्था गरेको छ ।

आफूले लगाएको फोन कति सयमा लाग्दोरहेछ भन्ने कुरा अहिले ग्राहक आफैँले समेत थाहा पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *