नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आइतबार प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य गत साताको तुलनामा घटेर १७४७.६० डलर प्रतिऔंस कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *