पिपुल्स पावरको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम म्याद रहेको छ ।

१३ साउनमा आवेदन खुला भएको उक्त आईपीओ लिन चाहनेहरुले आइतबार ५ गते बैंकिङ्ग समयसम्म आवेदकहरुले शेयरमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयरमा आवेदन दिन मेरो शेयरमार्फत अथवा सिआश्वा सदस्य बैँक तथा वित्तीय संस्थामा स्वंम उपस्थित भई आवेदन दिन सक्नेछन् ।

स्थानीयबासी, कर्मचारी र सामूहिक लगानी कोषका योजनालाई छुटयाईएको सम्पूर्ण शेयरको बाँडफाँडपछि सर्वसाधारणमा जारी भएको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

पिपुल्स पावर लिमिटेडले इलामको ईलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भइसकेको छ । कम्पनीले विद्युतको व्यापारीक उत्पादन गर्ने मिति २०७९ साल भदौ मसान्त रहेको छ । यस कम्पनीेको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *