भब्यताका साथ विराटनरको ऐतिहासिक राधाकृष्ण रथयात्रा सम्पन्न (तस्बिर सहित)

विराटनगर । विराटनगरमा हरेक बर्ष निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस बर्ष भब्यताका साथ सम्पन्न भएको छ। दुई बर्षदेखि कोभिडको महामारीका कारण निस्कन नसकेको राधाकृष्ण रथयात्रा यो बर्ष भब्य भएको हो।

तीनपैनीमा रहेको राधाकृष्ण मन्दिरबाट दिउँसो ३:३० बजे रथयात्रा निस्किएको थियो । श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट रथयात्रा निकाल्ने चलन छ। निरन्तर दुई बर्षदेखि कोरोनाको महामारीको कारण हुन नसकेको राथयात्रा यो बर्ष भब्य भएको आयोजक रथयात्रा मुल आयोजक समितिका संयोजक बाबुराजा ओझाले जानकारी दिए।

रथयात्रा ९ किलोमिटर पुरा गरेर मन्दिरमा फर्किएको छ। राधाकृष्ण मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष नन्दकिशोर राठीलले डरै डरका बिचमा पनि रथयात्रा निकाल्न सफल भएकोमा खुसी ब्यक्त गरे। तीनपैनीको राधाकृष्ण मन्दिरबाट शुरु भएको रथयात्रा ट्राफिक चोक, रोडशेष चोक हुँदै बरगाछिबाट पुन मन्दिरमा पुगेर समापन भएको छ।

विक्रम संवत् १९८९ सालमा खटयात्राबाट शुरु भएकोमा बि.सं.२०२५ सालदेखि विराटनगरमा रथयात्रा निरनतर हुँदै आएको छ। यो बर्षको रथ २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाई रहेको छ।
विराटनगरमा निकालिने रथयात्रा दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा भएको आयोजकको दाबी छ।

तस्बिर:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *