राष्ट्रपति भण्डारी प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

काठमाडौँ । राष्ट्रपति भण्डारी प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुगेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार बिहान राष्ट्रपति भण्डारी आएको कांग्रेस नेता रत्न कार्कीले जानकारी दिए। भण्डारीले गिरीको स्वास्थ्य लाभको कामनासमेत गरेकी छन्।

गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ पुगेका थिए। भर्खरै गृहमन्त्री बालकृष्ण खाण पनि गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन्।

गिरीको स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा सारेर उपचार जारी राखिएको छ। गिरिलाई स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा उपचारका लागि भारतको मुम्बई लगिएको थियो। करिब एक वर्ष उपचार गरेपछि उनलाई साउनमा नेपाल ल्याइएको थियो। घाँटीमा क्यान्सर भएका उनलाई निमोनियाले पनि च्यापेपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

कार्कीका अनुसार अस्पतालका डा.पंकज वर्मनसहितको चिकित्सक टोलीले गिरिको उपचार गरिरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *