कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३० बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको  अस्पताल स्रोतले जनाएको छ ।

प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो । मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरिलाई लगत्तै निमोनिया संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा क्रमिक सुधार देखिएको भनिएपनि केही दिनदेखि नेता गिरिको स्वास्थ्य अवस्था नाजुक रहेको खबर बाहिर आएका थिए । उनलाई ३ वर्ष अघि नै क्यान्सरको लक्षण देखिएको बताइएको छ ।

नेता गिरि नेपाली राजनीतिका बौद्धिक नेताका रूपमा परिचित छन्।  प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेता गिरि नेपाली कांग्रेसका प्रभावशाली नेता थिए ।

प्रतिक्रिया

One thought on “कांग्रेस नेता प्रदीप गिरिको निधन

  1. नेपाली काँग्रेसका बौद्धिक एबं प्रखर नेता प्रदीप गिरीजीलाई पटना दिल्ली र काठमाडौमा पटक पटक भेट भएको सम्झना अझै पनि नाचिरहेको छ । वहाँलाई हार्दिक श्रद्धाञ्जली ! ॐ शान्ति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =