माथिल्लो तामाकोशीको साधारणसभा : शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
२०७९ भदौ ३ गते

काठमाडौँ । माथिल्लो तामाकोशीको चौधौ वर्षिक साधारणसभाले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीकाे शुक्रबार सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासनपछि चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ।
आर्थिक वर्ष २०७७ ७८ मा कम्पनी घाटामा रहेका कारण शेयरधनीलाई लाभांश भने वितरण नगर्ने जनाएको छ।
यस्तै, सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
२०७९ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित









