प्रचण्ड भन्छन्- माओवादी हिजाेजस्ताे रहेन, हामी बिग्रियाैँ (भिडिओसहित)

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी हिजाेजस्ताे नरहेकाे दाेहाेर्‍याएका छन् । याेङ कम्युनिष्ट लिगकाे दाेस्राे सम्मेलनलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘माओवादी हिजाेजस्ताे रहेन । हामी नेताहरू पनि हिजाेजस्ताे रहेनाैँ ।’

उनले हिजाे क्रान्तिका लागि प्रतिस्पर्धा हुने भएपनि आज त्याे अवस्था नरहेकाे उनले बताए । हिजाेका कमान्डरहरू पनि आज अवसरमुखीजस्ताे देखिएकाे उनले बताए । ‘हिजाे हामी मर्न पनि तयार हाे । म पनि त्यहाँ जानैपर्छ भन्थ्याैँ । आजचाहिँ पदचाहिँ खाेज्ने तर, कामचाहिँ नगर्ने भयाैँ । हामी बिग्रियाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *