कुमारी बैंकको विशेष उपहार, आस्बा शुल्कमा पूर्ण छूट
२०७९ भदौ ३ गते

काठमाडौँ । कुमारी बैंक लिमिटेडले भदौ १ देखि लागू हुने गरी आफ्नो सम्पूर्ण खातामा सी–आस्बा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
भदौ १ देखि कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायत पुँजीबजारका अन्य उपकरणमा आवदेन दिँदा कुनै शुल्क लाग्ने छैन ।
ग्राहकको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले सो छुट ल्याएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थीलगायत कुमारी बैंकका सम्पूर्ण खातावाललाई विशेष लाभ प्राप्त हुने बैंकले जनाएको छ ।
आफ्ना देशव्यापी १९७ शाखा–सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ इकाई तथा २४ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
२०७९ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित









