माओवादी केन्द्रकाे महासचिवमा ७ जनाकाे दाबी

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)काे महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् ।

अहिले पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्दैछ । बैठकमा ७ नेताहरूले महासचिवकाे दाबी पेश गरेका हुन् । दाबी पेश गर्ने नेताहरूमा देव गुरुङसँगै वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसाल छन् ।

यसअघि महासचिवका मुख्य दाबेदार मानिएका वर्षमान र जनार्दनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूहरूकाे कारणले पदाधिकारी नटुङ्गिएकाे सन्देश गएकाे भन्दै चाँडै पदाधिकारी टुङ्ग्याउन भनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *