खोलामा डुबेर दुई जनाको मृत्यु

विराटनगर । मोरङ र उदयपुरमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको ताप्ली गाउँपालिका १ मा एक जनाको मृत्यु भएको छ ।

ताप्ली-१ मादलेका ३५ वर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा दहमा डुबेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक राईको शवलाई पोष्टमार्टमको लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का बल बहादुर दर्जीको ८ वर्षीय छोरा अन्जान दर्जीको खोलामा डुबेर मृत्यु भएको छ । साथीहरूसँग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानीयले फेला परेपछि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेकोमा इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *