हर्कले छाडेनन् घोचपेच : फेसबुक लाइभमार्फत भने- ‘सत्य स्वीकार्न नसकेको देख्दा अचम्म लाग्छ’

काठमाडौँ । बुधबार राति सामाजिक सञ्जालभर धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको जुहारीको चर्चा भयो ।

हर्कले आफ्नो कारण काठमाडौँमा फोहोर उठाउने काम सुरु भएको भन्दै फेसबुकमा एक स्ट्याटस हालेपछि बालेनले पनि हर्कको चुनाव चिह्न लौरोका कारण आफूले चुनाव जितेको भन्दै व्यङ्ग्यात्मक कमेन्ट गरेका थिए । जुहारी यहीँबाट सुरु भएको थियो । त्यसपछि सामाजिक सञ्जाल तातिहाल्यो ।

यसपछि बालेन बोलेका छैनन् भने हर्क लेखिरहेकै छन्, बोलिरहेकै छन् । बिहीबार उनले बालेन लक्षित तीन वटा स्ट्याटस लेखे । उनी अझै रोकिएका छैनन् । आज बिहान फेसबुक लाइभमार्फत काठमाडौँको फोहोर र मेयरको विषय उठाए ।

उनले फोहोर नउठेसम्म ठूला कुरा नगर्न आग्रह गरे । ‘जबसम्म काठमाडौँको फोहोर सफा हुँदैन, चारैतिरबाट प्रहार हुनेछ, ‘काठमाडौँ बिजोग भएको छ फोहोरले तर त्यहाँका मान्छे गीत गाउन छाड्दैनन्,’ हर्कले भने ।

उनले सत्यलाई स्वीकार्न नसकेको देख्दा अचम्म लाग्ने बताएका छन् । ‘काठमाडौँमा गएर हामीले केही भनिसकेपछि र स्ट्याटस लेखिसकेपछि युवा संघले काम गरेको हो,’ उनले भने, ‘त्यहाँका मान्छे गन्हाएर बसेका थिए, काम गर है भनेको इगो हट भएछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *