कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

ललितपुर । वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाउँदैछन् ।

हिन्दु धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा आजकै दिन अर्थात् भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ ।

त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । हिन्दु धर्मशास्त्रमा प्रमुख चाररात्रीहरू छन् । कालरात्रि (दशैँको अष्टमीको रात्रि), मोहरात्री (कृष्ण जन्माष्टमीको रात्रि), महाशिवरात्रि (शिवरात्रि) र दारुणरात्रि (होली पूर्णिमाको रात्रि) ।

भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले सत्य र धर्मको पक्षमा रही सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेको धार्मिक मान्यता रहिआएको छ ।

श्रीकृष्णले कुरुक्षेत्रमा भएको महाभारतको लडाइँमा पाँच पाण्डवहरू मध्यका अर्जुनलाई दिव्य उपदेश दिएका थिए । त्यही उपदेसलाई श्रीमद्भागवत गीता भनिन्छ र हिन्दुहरू यसलाई आफ्नो पवित्र ग्रन्थ मान्दछन् ।

आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने धार्मिक प्रचलन रहँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *