म्यानचेस्टर युनाइटेड छोड्ने अन्तिम प्रयासमा रोनाल्डो

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्ने अन्तिम प्रयास गरेका छन् । उनी जर्मनी क्लब बोरुसिया डोर्टमण्ड जाने प्रयास गरिरहेका हुन् ।

यस सिजनको शुरुवात हुनुअघि देखि नै रोनाल्डोले युनाइटेड छोड्ने प्रयास गरेपनि च्याम्पियन्स लिग खेल्ने क्लबहरूले उनलाई खरिद गर्ने इच्छा नदेखाउँदा उनको यो योजना सफल हुन सकिरहेको छैन । तर पछिल्लो मिडिया रिपोर्टका अनुसार रोनाल्डो डोर्टमण्ड जाने सम्भावना रहेको बताइन्छ ।

यस प्रयासलाई यस सिजनमा रोनाल्डोले युनाइटेड छोड्ने अन्तिम प्रयासको रूपमा हेरिएको छ । डोर्टमण्ड जान रोनाल्डो खुला रहेको र उनका एजेन्टले यस विषयमा पहल गरिरहेका हुन् ।

रोनाल्डो डोर्टमण्डमा जान दुई कुराले उत्साहित भएको बताइएको छ । पहिलो कुरा डोर्टमण्ड गएमा उनी च्याम्पियन्स लिग खेल्न पाउने छन् भने दोस्रो जर्मनीको लिगमा बायर्न म्युनिखलाई चुनौती दिने अवसर पनि हुने छ । रोनाल्डोले आफ्नो पारिश्रमिकमा ३० प्रतिशतसम्म कटौती गरेर म्यानचेस्टर युनाइटेड छोड्न तयार भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *